नेपाली क्रिकेट टोलीलाई यूएईले दिएन भिसा -वाइरिबल

अशोज ३, २०८२
nepal s by Ditible

काठमाडाैं । वेस्ट इन्डिजसँग अर्को साता हुने टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई यूएईले भिसा दिन अस्विकार गरेकाे छ । यसअघि यूएईले आवेदन दिएको दोस्रो दिनमा भिसा दिने गरे पनि यसपटक एकसातासम्म पनि खेलाडीहरूको भिसा जारी नगरेकाे हाे ।

जेनजी आन्दाेलनका कारण नेपालीहरूलाई भिसामा रोक लगाएको छ, जसको मारमा क्रिकेट टोली पनि परेको छ।

नेपालले सारजाहमा पहिलोपटक टेस्ट राष्ट्रसँग टी-२० सिरिज खेल्दैछ । सेप्टेम्बर २७, २९ र ३० मा हुने सिरिजका लागि दुवै राष्ट्रले आ-आफ्नो टोली घोषणा गरिसकेका छन्। तर भिसा नपाएपछि हाल क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मार्फत पहल थालेको छ।

Leave a Reply

Your email address will not be published.