अशोक र समिक्षाको “आयो दशैं” -वाइरिबल

अशोज ७, २०८२
1I I8FX23Hc HD by Ditible

काठमाण्डौं । नेपालीहरुको महान पर्व बडा दशैंको विशेष अवसरमा गायिका समिक्षा अधिकारी र गायक अशोक अर्यालको स्वरमा रहेको मौलिक गीत “आयो दशैं” सार्वजनिक भएको छ ।

गीतका शब्द अशोक अर्यालले लेखेका छन् र संगीत रचना राजु अर्यालले गरेका हुन्।

गीतमा बिनोद बाजुरालीले एरेन्ज गरेका हुन भने खडक बाजुरालीले मास्टरिङको काम गरेका छन्। रेकर्डिस्ट सागर बाजुराली र मालाश्री स्टुडियोमा भएको रेकर्डिङले गीतलाई उच्च स्तरमा प्रस्तुत गरेको छ । यस गीत दशैंको चाडपर्वको माहोललाई संगीत र भिडियो मार्फत व्यक्त गर्दै धेरैलाई मन पर्नेमा आफू निकै आशावादी रहेको गायिका समिक्षा अधिकारीले बताइन् ।

गीतको भिडियोमा अशोक अर्याल र प्रतिमा अर्यालको अभिनय छ। यस भिडियोलाई प्रतिमा अर्यालले निर्माण गरेकी छन्, र निर्देशन र कोरियोग्राफी शिव बि.के ले गरेका छन्। छायांकन पशुपति बस्यालले गरेका छन् । जसले दशैंको रमाइलो माहोललाई दृश्यमा उतार्ने काम गरेका छन्। भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका छन्।

Leave a Reply

Your email address will not be published.