काठमाडाैं । ला लिगामा बार्सिलोनाले ओभिएडोलाई ३-१ गोल अन्तरले हराउँदै शानदार जित हासिल गरेको छ । ओभिएडोले खेलको सुरुवातमै अग्रता लिए पनि बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै तीन गोल फर्काएको थियो।
खेलको ३३ औं मिनेटमा अल्बेर्टो रैनाको गोलबाट ओभिएडोले १-० को अग्रता लिएको थियो। पहिलो हाफमा ओभिएडोले आफ्नो अग्रता कायम राख्यो।
तर, दोस्रो हाफमा भने बार्सिलोनाको प्रदर्शन पूर्ण रूपमा परिवर्तन भयो। ५६ औं मिनेटमा एरिक गार्सियाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काएका थिए। त्यसपछि, खेलको ७० औं मिनेटमा बार्सिलोनाका स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीले गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए।
खेलको अन्त्यतिर, ८८ औं मिनेटमा रोनाल्ड अराउजोले गोल गरेपछि बार्सिलोनाको जित सुनिश्चित भएको थियो।













