सुपर ओभरमा श्रीलंकामाथि भारतको रोमाञ्चक जित, निसंकाको शतक खेर गयो -वाइरिबल

अशोज ११, २०८२
srilanka 1 by Ditible

काठमाडाैं । एसिया कप २०२५ को सुपर ४ चरणको आफ्नो अन्तिम खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार राती भएको खेलमा सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले पनि निर्धारित २० ओभरमा २०२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएकाे श्रीलङ्कालाई भारतीय ब्याट्सम्यानहरूले चुनौती दिँदै २० ओभरमा ५ विकेट गुमाएर २०२ रनको विशाल योगफल तयार पारेका थिए। भारतका लागि अभिषेक शर्माले ६१ रन र तिलक वर्माले नटआउट ४९ रनको योगदान दिएका थिए।

जवाफमा, श्रीलंकाली ओपनर पथुम निसंकाले शानदार ब्याटिङ गर्दै अविश्वसनीय शतक प्रहार ग रे। उनले ५८ बलमा १०७ रन बनाएर आफ्नो टोलीलाई लक्ष्य नजिक पुऱ्याए। तर अन्तिम बलमा श्रीलंकाले जितका लागि ३ रन बनाउन नसक्दा खेल बराबरीमा रोकियो।

सुपर ओभरमा भारतका लागि अर्शदीप सिंहले उत्कृष्ट बलिङ गर्दै श्रीलंकालाई केवल २ रनमा रोके । लगत्तै, भारतले पहिलो बलमै ३ रन बनाएर खेल जित्यो। यो नतिजाले प्रतियोगिताको फाइनलमा कुनै असर पार्ने छैन किनभने भारत र पाकिस्तानबीचको फाइनल भिडन्त आइतबारका लागि पहिले नै निश्चित भइसकेको छ।

Leave a Reply

Your email address will not be published.