रोनाल्डोको गोलमा अल-नासरले इत्तिहादलाई हरायो -वाइरिबल

अशोज ११, २०८२
ronaldo 2 by Ditible

काठमाडाैं । साउदी प्रो लिगमा अल-नासरले चिर-प्रतिद्वन्द्वी अल-इत्तिहादलाई २-० ले पराजित गरेको छ ।

खेलको सुरुदेखि नै आक्रामक देखिएको अल-नासरका लागि दुवै गोल पहिलो हाफमा भएका थिए । अल-नासरको तर्फबाट पहिलो गोल खेलको नवौं मिनेटमा साडियो मानेले गरेका थिए। त्यसपछि, खेलको ३५ औं मिनेटमा अल-नासरका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाएका थिए।

अल-इत्तिहादले खेलमा फर्कने प्रयास गरे पनि अल-नासरको बलियो रक्षापंक्तिलाई तोड्न सकेन। निर्धारित समयसम्म अल-इत्तिहादले कुनै गोल गर्न नसकेपछि अल-नासर २-० को स्पष्ट जित निकाल्न सफल भयो।

Leave a Reply

Your email address will not be published.