म्याड्रिड डर्बीमा रियलको लज्जास्पद हार -वाइरिबल

अशोज १२, २०८२
madrid by Ditible

काठमाडाैं । एट्लेटिको म्याड्रिडले गएराति भएको रोमाञ्चक म्याड्रिड डर्बीमा सानदार प्रदर्शन गर्दै लिग लिडर रियल म्याड्रिडलाई ५–२ को फराकिलो अन्तरले पराजित गरेको छ । यो नतिजा रियल म्याड्रिडको यो सिजनको ६ खेलको अपराजित यात्रामा पहिलो पूर्णविराम हो ।

मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा एट्लेटिकोको जितमा स्ट्राइकर जुलियन अल्भारेजले दोस्रो हाफमा दुई महत्वपूर्ण गोल गरे । उनले एक पेनाल्टीमार्फत र अर्को उत्कृष्ट फ्रि-किकमार्फत गोल गरेपछि डिएगो सिमोनीको टोलीले खेलमा पूर्ण नियन्त्रण कायम गर्‍यो ।

एट्लेटिकोका लागि १४औं मिनेटमा रोबिनले नर्मन्डले हेडमार्फत गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन गर्दै एमबाप्पेको २५औं मिनेटको गोल र अर्डा गुलेरको ३६औं मिनेटको गोलमार्फत २-१ को अग्रता बनायो ।

तर, पहिलो हाफको इन्जुरी समयमा अलेक्ज्याण्डर सर्लोथले एट्लेटिकोका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा एट्लेटिकोको आक्रमण रोक्न रियल म्याड्रिड पूर्ण रूपमा असफल रह्यो । अल्भारेजले ५१औं मिनेटमा पेनाल्टी र ६३औं मिनेटमा फ्रि-किकबाट गोल गरेपछि स्कोर ४–२ पुग्यो ।

खेलको अन्त्यतिर एन्टोइन ग्रिजम्यानले पाँचौं गोल थप्दै एट्लेटिको म्याड्रिडलाई सानदार जित दिलाए ।

रियल म्याड्रिडका प्रशिक्षक जाबी अलोन्सोका लागि यो सिजनको पहिलो ठूलो हार हो ।

Leave a Reply

Your email address will not be published.