वेस्ट इन्डिजविरुद्ध इतिहास रचेको नेपाली टिमलाई डा. सुनिल शर्माले सम्मान स्वरुप २० लाख दिने -वाइरिबल

अशोज १४, २०८२
WhatsApp Image 2025 09 30 at 09.42.21 by Ditible

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा. सुनिल शर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई २० लाख रुपैयाँ दिने भएका छन् ।

आज बेलुकी यूएईमा हुने खेलको अन्त्यमा फ्लेक्स चेक २० लाख रुपैयाँ मैदानमै हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । दुई पटकको विश्व विजेता तथा टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिजलाई नेपालले जितेको अवसरमा डा शर्माले नेपाली क्रिकेट टिमको सम्मानमा उक्त रकम दिने भएका हुन् ।

यस अवसरमा डा शर्माले नेपालको नाम उच्च बनाइरहेका खेलाडीहरूलाई सम्मान गर्दै उनीहरूको उत्साह र हौँसला अझ बलियो बनाउन योगदान दिने घोषणा गरेका छन् । सोमबार भएको नेपाल–वेस्ट इन्डिजको खेलमा खेल हेर्न डा शर्मा मैदानमै पुगेका थिए ।

नेपालले यूएईमा जारी नेपाल–वेस्ट इन्डिज टी–२० सिरिजमा शानदार प्रर्दसन गर्दै एक खेल अगावै युनिटी कपको सिरिज जितिसकेको छ । आज हुने अन्तिम खेल पनि नेपालले जितेमा सिरिज क्लिन स्विप गर्दै अर्को इतिहास रच्नेछ ।

डा. शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन्। उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन्—गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उनका पहिचान बनेका छन्।

Leave a Reply

Your email address will not be published.