उपाध्यक्ष कप फुटबल आगामी शनिबारदेखि -वाइरिबल

अशोज १४, २०८२
football by Ditible

सिमकोट (हुम्ला) । रानीवन युवा क्लबको आयोजनामा सिमकोट गाउँपालिकामा आगामी शनिबारदेखि उपाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ।

लिग चरणमा हुने प्रतियोगितामा जिल्लाका नौ टोलीले प्रतिस्पर्धा गर्ने जानकारी आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइयो।

प्रतियोगितामा विजयी हुने समूहले रु एक लाख ५० हजार तथा उपविजेताले रु ७५ हजार नगदसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published.