नेपाली महिला टोली मलेसियासँग ३ रनले पराजित -वाइरिबल

अशोज १६, २०८२
557011800 1256873569802354 7312193384510113199 n by Ditible

काठमाडौं । अन्तर्राष्ट्रिय महिला टी–२०  शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग ३ रनले पराजित भएको छ ।

मलेसियाको कुआलालम्पुरमा सिरिजमा मलेसियाले नेपाललाई ३ रनले हराउँदै जीत आफ्नो पोल्टामा पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०४ रनको योगफल बनाएको थियो । मलेसियाको लागि कप्तान विनिफ्रेड डुरैसिंगमले सर्वाधिक २७ रन बनाइन् भने ओपनर ऐना हमिजा हसिमाले २६ रन बनाइन्।

मलेसियाका लागि नुर दानिया स्यादाले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् भने कप्तान विनिफ्रेड दुरासिंघम र आइसा एलिसाले २-२ विकेट लिए । मलेसियाले जीतका लागि १०५ रनको लक्ष्य प्रस्तुत गर्दा नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १०१ बनाएले थियो । नेपालका लागि पुजा महतोले सर्वाधिक ३० बनाइन् भने सम्झना खड्काले १८ र कविता जोशीले १३ बनाइन् । यस्तै, नेपालका सोमु विष्टले २ र रुबिना क्षेत्रीले १ विकेट लिए ।

आगामी जनवरीमा आयोजना हुने टी–२० विश्वकपको ग्लोबल छनोटको तयारी स्वरुप सोही प्रतियोगिताको तयारी स्वरुप नेपाल अहिले मलेसियामा प्रतिस्पर्धा गरिरहेको छ । नेपालले आयोजक राष्ट्रसँग पाँचवटा टी–२० अन्तर्राष्ट्रिय खेलको शृंखला खेल्नेछ । दोस्रो खेल अब शनिबार हुने छ ।

Leave a Reply

Your email address will not be published.