काठमाडौं । नेपाल र मलेसियन महिला क्रिकेट टोलीबीचको टी-२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत दोस्रो खेल आज हुँदैछ ।
कुआलालम्पुरस्थित वायुमास ओभलमा हुने खेल नेपाली समय अनुसार विहान पौने ८ बजेदेखि सुरु हुनेछ ।
५ खेलको शृंखलामा मलेसिया १-० ले अगाडि छ । बिहीबार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई ३ रनले हराएको थियो ।
नेपाली महिला टोलीले आगामी जनवरीमा घरेलु मैदानमै हुने महिला टी-२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । त्यसको तयारीका लागि यो शृंखला भइरहेको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली मलेसियामा रहेको छ ।
जसमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन् ।













