काठमाडौं । नेपाली टोलीले आईसीसी टी–२० विश्वकपको छनोटको तयारीस्वरुप भएको अभ्यास खेलमा कतारसमक्ष चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन जोडेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक अर्धशतकीय इनिङको योगदान गरे ।













