अभिनेता विजय देवरकोंडा सवार कार दुर्घटना -वाइरिबल

अशोज २१, २०८२
vijaya.jpg by Ditible

काठमाडाैं । भारतीय अभिनेता विजय देवरकोंडाको कार सोमबार तेलङ्गनाको जोगुलम्बा गडवाल जिल्लामा एक सामान्य दुर्घटनामा परेको छ । प्रहरीले जनाएअनुसार उनी सकुशल छन् र कुनै चोटपटक लागेको छैन।

यो घटना उनी छिमेकी आन्ध्र प्रदेशको पुट्टपर्थी (दिवङ्गत आध्यात्मिक गुरु श्री सत्य साई बाबाको जन्मस्थल) बाट हैदरावाद फर्किने क्रममा भएको हो।

प्रहरीका अनुसार देवरकोंडाको कार र अर्को चारपाङ्ग्रे गाडी एकआपसमा सामान्य रूपमा ठोक्किएका थिए, जसले गर्दा उनको गाडीमा सामान्य क्षति पुगेको छ । यस घटनामा कोही पनि घाइते भएका छैनन् ।

विजयको कारका चालकले सोमबार साँझ प्रहरीमा उजुरी दिएपछि अर्को गाडीका चालकविरुद्ध लापरबाहीपूर्वक गाडी चलाएको मुद्दा दर्ता गरिएको छ।

दुर्घटनापछि सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूलाई आश्वासन दिँदै विजय देवरकोंडाले लेखेका छन्, “सबै ठीक छ। कारमा सामान्य ठक्कर लाग्यो, तर हामी सबै सकुशल छौँ। वर्कआउट गरेर भर्खरै घर फर्कें। मेरो टाउको अलि दुखेको छ, तर बिरयानी र निद्राले यसलाई ठिक गर्छ ।”

Leave a Reply

Your email address will not be published.