काठमाडौं । पाँच खेलको अन्तर्राष्ट्रिय टी२० सिरिजको अन्तिम तथा निर्णायक खेलमा मलेसियाको महिला टोलीले नेपाललाई मध्यम लक्ष्य प्रस्तुुत गरेको छ ।
बायुमास ओभलमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०३ रन जोडेको हो । मलेसियाका लागि विनीफ्रेडले सर्वाधिक ४० रन जोडिन् ।
सिरिजको उपाधि उचाल्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पाँच खेलको सिरिजमा २-२ को बराबरी खेलेका नेपाल र मलेसिया आज फाइनल प्रतिस्पर्धा गर्न लागेका हुन् ।
पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो। तेस्रो खेलमा १३ रनको पराजय भोगेको नेपालले चौथो खेलमा फेरि ६ विकेटको सानदार जित निकालेको थियो ।













