नेपाल भियतनामसँग पराजित -वाइरिबल

अशोज २४, २०८२
nepal vs viet by Ditible

काठमाडौँ । एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत तेस्रो चरणको आफ्नो तेस्रो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ ।

भियतनाको हो चिमिन सहरको गो डाउ रङ्गशालामा भएको खेलमा भियतनामसँग नेपाल ३–१ गोलअन्तरले पराजित भएको हो । जितसँगै भियतनाम ३ खेलबाट दुई जितसहित ६ अङ्क जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा उक्लिएको छ । मलेसिया ९ अङ्कसहित शीर्ष स्थानमा छ । लाओसले ३ अङ्क जोडेको छ भने नेपाल तीनै खेलमा पराजित हुँदै अङ्कविहीन छ ।

नेपालले यसअघि मलेसियासँग २–० र लाओससँग २–१ गोलको हार बेहोरेको थियो ।

भियतनामको जितमा नुगुएन टिएन लिङ, फाम जुआन मान्ह र नुगुएन भान भीले एक/एक गोल गरे । नेपालका लागि सनिश श्रेष्ठले सान्त्वना गोल गरेका थिए । खेलको नवौँ मिनेटमा लिङले गोल गर्दै भियतनामलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको १७औँ मिनेटमै सनिशले गोल गर्दै खेललाई एक/एकको बराबरीमा ल्याए ।

दोस्रो हाफमा भियतनामले दुई गोल ग-यो । मान्हले खेलको ६७औँ मिनेटमा र भान भीले खेलको ७२औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।

Leave a Reply

Your email address will not be published.