वेल्समाथि इङ्गल्याण्डकाे शानदार जित -वाइरिबल

अशोज २४, २०८२
england by Ditible

काठमाडौं । इङ्गल्याण्डले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा वेल्सलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ । इङ्गल्याण्डले खेलको पहिलो २० मिनेटभित्रै तीन गोल गर्दै आफ्नो जित सुनिश्चित गरेको थियो।

खेलको सुरुवाती चरणमै इङ्गल्याण्डका खेलाडीहरू हावी भएका थिए ।

मोर्गन रोजर्सले खेल सुरु भएको मात्र ३ मिनेटमै पहिलो गोल गरे । साथै ओली वाट्किन्सले ११ औं मिनेटमा दोस्रो गोल गर्दै इङ्गल्याण्डको अग्रता दोब्बर पारे भने
बुकायो साकाले २० औं मिनेटमा तेस्रो तथा अन्तिम गोल गरे ।

वेल्सले भने खेल अवधिभर गोलको कुनै अवसर सिर्जना गर्न सकेन ।

Leave a Reply

Your email address will not be published.