काठमाडौैं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध नेपालले मध्यम सुरुवात गरेको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको नेपालले पहिलो पावर प्लेमा ३१ रन खर्चिएर एक विकेट लिएको छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा ओपनर अभिषेक आनन्दलाई एक रनमै रनआउट गरेका थिए ।













