काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा जापानविरुद्ध नेपालले लगातार २ विकेट लिएको छ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङ ४६ बलमा ६० रन बनाएर आउट भएका हुन् । उनलाई १३.३ ओभरमा गुल्सन झाले क्याचआउट गराएका हुन् ।
त्यसअघि अर्का विष्फोटक ब्याटिङ गरेका ए रहमान २५ बलमा ३१ रन बनाएर आउट भएका थिए । उनलाई १२.५ ओभरमा सोमपाल कामीले आउट गरेका थिए ।













