अर्जेन्टिनाले भेनेजुएलालाई हरायो -वाइरिबल

अशोज २५, २०८२
argentina by Ditible

काठमाडौं । विश्व विजेता अर्जेन्टिनाले मैत्रीपूर्ण फुटबल खेलमा भेनेजुएलालाई १-० गोलले पराजित गरेको छ।

अमेरिकी सहर मियामीमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन जियोभानी लो सेल्सोले निर्णायक गोल गरे। खेलको ३१औँ मिनेटमा लो सेल्सोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उनको यो गोल नै खेलको एक मात्र गोल बन्न पुग्यो र अर्जेन्टिना १-० को साँघुरो जित निकाल्न सफल भयो।

यो खेलमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी भने टोलीमा थिएनन्। मेस्सीको अनुपस्थितिमा पनि विश्व च्याम्पियन टोलीले आफ्नो दबदबा कायम राख्दै भेनेजुएलालाई हरायो।

अर्जेन्टिनाले अब आफ्नो अर्को मैत्रीपूर्ण खेलमा पोर्तो रिकोको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published.