जतिन्दर सिंहको अर्धशतकमा ओमानले कतारलाई दियाे चुनाैतीपूर्ण लक्ष्य -वाइरिबल

अशोज २६, २०८२
jatin1632048446 by Ditible

काठमाडाैं । आईसीसी पुरुष टी-२० विश्वकप एशिया तथा ईएपी क्वालिफायरको सुपर सिक्स चरणमा ओमानले कतारलाई चुनाैतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

कतारले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रन बनाएको हाे । यससँगै कतारलाई जितका लागि १७३ रन को लक्ष्य मिलेको छ।

ओमानका लागि कप्तान जतिन्दर सिंहले शानदार ब्याटिङ गर्दै सर्वाधिक ६६ रन बनाए। उनले ४० बलको सामना गर्दै ७ चौका र ३ छक्का प्रहार गरे। यस्तै, मध्यक्रमका ब्याटर आर्यन बिष्टले २४ बलमा १ चौका र १ छक्कासहित ३४ रनको महत्त्वपूर्ण योगदान दिए।

अन्त्यमा, विकेटकिपर विनायक शुक्लाले आक्रामक ब्याटिङ गर्दै १५ बलमा ३ चौका र १ छक्काको मद्दतले ३० रनमा नट आउट रहे।

कतारका बलर मिर्जा मोहम्मद बेग ओमानको ब्याटिङ लाइनअपमा केही हदसम्म हावी भए। उनले नै जतिन्दर सिंह र आर्यन बिष्टलाई आउट गरे। उनकाे नाममा ४ विकेट रह्याे ।

Leave a Reply

Your email address will not be published.