यूएईविरुद्ध पहिलो १० ओभरमा नेपालले जोड्यो ७३ रन -वाइरिबल

अशोज २६, २०८२
nepal s 2 by Ditible

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा यूएईविरुद्ध नेपालले राम्रो ब्याटिङ गरेको छ । कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेपछि मैदानमा उत्रिएको नेपालले पहिलो १० ओभरमा एक विकेटको क्षतिमा ७३ रन जोडेको हो ।

सुपर सिक्स चरणको यो खेल नेपाल र यूएई दुवैका लागि आगामी टी-२० विश्वकप २०२६ को यात्राका लागि महत्वपूर्ण छ। समूह चरणमा जापान र कुवेतलाई पराजित गरेर सुपर सिक्समा प्रवेश गरेको नेपालले २ अंक साथमा लिएर यो चरण सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published.