दुर्गेश थापाको अमेरिकाका ११ शहरमा कार्यक्रम तय, आज उड्दै -वाइरिबल

अशोज २८, २०८२
durgesh by Ditible

काठमाडौं । चर्चित गायक तथा स्टेज पर्फमर दुर्गेश थापा आज (मंगलबार) अमेरिकाका लागी उड्दै छन् ।

उनी अमेरिकाका बिभिन्न ११ शहरमा आयोजना हुने कार्यक्रममा प्रस्तुती दिनका लागी प्रस्थान गर्ने भएका हुन् । आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट उनको उडान तालिका रहेको छ ।

दुर्गेशको पहिलो कार्यक्रम आगामी शुक्रबार (१७ अक्टोबर) अस्टिन टेक्सासबाट सुरु भएर नोभम्बर २२मा डल्लास टेक्सासमा पुगेर सकिनेछ । त्यो बिचमा उनले न्युओर्क, बाल्टिमोड, कोलम्बस, कोलोराडो लगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुती दिने आयोजकले जानकारी दिएको छ ।

यो टुर आरएनआर ग्रुप्स एलएलसी (रोशन पुरी), पाण्डे होम्स एलएलसी (गणेश पाण्डे), एकेबी कम्पनी एलएलसी (अशिष भडेल) द्वारा आयोजना गरिएको हो भने पिस एण्ड ब्युटी नामक गैर नाफामुखी संस्थाले साझेदारी गरेको छ । अग्रिम टिकटका लागी पनि आयोजकले आग्रह गरेको छ । आयोजकले दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिती हुने अपेक्षा राखेको छ ।

आयोजक रोशन पुरीले दुर्गेशलाई पहिलोपटक अमेरिकामा रहेका नेपालीहरु माझ ल्याउन पाउँदा खुसी लागेको बताएका छन् । रोशनले यो टुरलाई एक सांगितीक कार्यक्रम मात्र नभई फरक फरक ठाउँमा रहेका नेपालीहरु जमघट हुने अवसर पनि भनेका छन् ।

कलाकार दुर्गेशले पहिलोपटक अमेरिकाका बिभिन्न शहरमा आफूले प्रस्तुती दिन पाउने कुराले खुसी लागेको बताएका छन् । साथै उनले आफूलाई सहज हुने ठाउँका कार्यक्रममा उपस्थित भइदिनका लागी दर्शकलाई आग्रह गरेका छन् । दुर्गेशले आफ्नो पछिल्लो समयका चर्चित गीत दुश्मन हेरेको हेर्‍यै, जाने भए जाममाया लगायत थुप्रै गीत सुनाउनेछन् ।

सोहि अवसरमा अर्की चर्चित गायिका मेलिना राईको पनि प्रस्तुती रहने बताइएको छ । नोभम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा दुर्गेशसँगै मेलिनाको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.