काठमाडाैं । युरोपियन च्याम्पियन स्पेनले विश्वकप छनोट अन्तर्गतको समूह ‘ई’ चरणको खेलमा बुल्गेरियामाथि ४-० को प्रभावशाली जित दर्ता गरेको छ।
स्पेनको घरेलु मैदानमा भएको खेलमा, मिडफिल्डर मिकेल मेरिनोको उत्कृष्ट प्रदर्शन र दुई गोलको मद्दतले समूह चरणमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ।
स्पेनका लागि पहिलो दुई गोल मिकेल मेरिनोले गरेका थिए। उनले खेलको ३५औं मिनेट र दोस्रो हाफमा ५७औं मिनेट मा गरी दुई वटा हेडर गोल गरेका थिए। खेलको ७९औं मिनेट मा बुल्गेरियाका खेलाडी अतानास चेर्नेभ ले आत्मघाती गोल गर्न पुगेपछि स्पेनको अग्रता ३-० मा पुग्यो।
खेलको अन्तिम समयमा इन्जुरी टाइममा स्पेनले पेनाल्टी पायो। स्पेनका फरवार्ड मिकेल ओयार्जाबलले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै टोलीको जितलाई ४-० ले सुनिश्चित गरे। समग्र खेलमा स्पेनले बलमाथि पूर्ण नियन्त्रण कायम गर्दै बुल्गेरियालाई कुनै पनि मौका दिएन।













