जापानद्वारा कतारलाई १४० रनको लक्ष्य, रहमानको अर्धशतक -वाइरिबल

अशोज २९, २०८२
japan 2 by Ditible

काठमाडाैं । आईसीसी टी-२० विश्वकप एशिया तथा इस्ट-एशिया प्यासिफिक क्वालिफायरको सुपर सिक्सकाे खेलमा जापानले कतारसामु जितका लागि १४० रनको चुनौती प्रस्तुत गरेको छ ।

अल अमेरट क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३९ रन बनाएको हो। जापानको इनिङ्समा ओपनर इसाम रहमानले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे। उनले ४७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ६० रनको शानदार अर्धशतकीय पारी खेले।

रहमानले एक छेउबाट इनिङ्स सम्हाले पनि अर्को छेउबाट भने लगातार विकेट गुमेका थिए। बेन्जामिन बो-डेभिसले ३२ बलमा ३२ रन जोडे भने अभिषेक आनन्दले २५ बलमा २५ रन, लाचलान यामामोटो-लेकले १० रनको योगदान दिए।

कतारका मिर्जा मोहम्मद बैगले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए। यसैगरी, डेनियल आर्चर मार्ला लुइसले १ विकेट आफ्नो नाममा दर्ता गराए।

Leave a Reply

Your email address will not be published.