यूएईले सामोआलाई दियाे २२६ रनको विशाल लक्ष्य -वाइरिबल

अशोज २९, २०८२
uae 1 by Ditible

काठमाडाैं । टी-२० विश्वकप क्वालिफायर अन्तर्गत सुपर सिक्सको खेलमा संयुक्त अरब इमिरेट्सले सामोआलाई २२६ रनको विशाल चुनौती दिएको छ।

ओमानको अल अमेरात क्रिकेट ग्राउण्डमा भइरहेको खेलमा सामोआले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिए पनि यूएईका ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२५ रनको स्कोर खडा गरेका हुन् ।

यूएईको इनिङ्समा ब्याटर अलिशान शराफुले सर्वाधिक ८८ रनको आक्रामक इनिङ्स खेले। उनले मात्र ५१ बलमा ६ चौका र ७ छक्का प्रहार गर्दै टोलीलाई बलियो जग बसाले। विकेटकिपर राहुल चोप्राले पनि ३४ बलमा ३ चौका र ५ छक्कासहित ६२ रन जोडेर शराफुलाई राम्रो साथ दिए।

अन्तिम ओभरहरूमा हर्षित कौशिकले विस्फोटक ब्याटिङ गर्दै सामोआका बलरहरूलाई दबाबमा राखे। उनले मात्र १२ बलमा २ चौका र ५ छक्काको मद्दतले ४४ रन बनाए।

सामोआका लागि बलिङमा कलेब जेलेमाइ र सामसन सोलेले १-१ विकेट लिए। सामोआका बलरहरूले कसिलो बलिङ गर्न नसक्दा यूएईको रनरेट ११.३ प्रति ओभर रहन पुग्यो।

Leave a Reply

Your email address will not be published.