नेपाल तेस्रोपटक टी-२० विश्वकपमा छनोट -वाइरिबल

अशोज २९, २०८२
nepals 1 by Ditible

काठमाडौं । नेपाल तेस्रो पटक टी–२० विश्वकपमा छनोट भएको छ । समोआसँगको खेलमा यूएई हाबी भएसँगै नेपाल ओमानविरुद्धको खेलअघि नै टी–२० विश्वकपमा लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक छनौट भएर इतिहास कोरेको हो ।

नेपालले टी–२० विश्वकपमा पहिलो पटक सन् २०१४ मा बंगलादेशमा सहभागिता जनाएको थियो । त्यसबेला नेपालले अफ्गानिस्तान र हङकङलाई हराएर सनसनी मच्चाएको थियो, तर समूह चरणबाटै बाहिरिएको थियो । दश वर्षपछि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा नेपाल फर्कियो, जहाँ उसले दक्षिण अफ्रिका र बंगलादेशजस्ता बलिया टिमहरूसँग कडा प्रतिस्पर्धा गरेको थियो ।

अब २०२६ मा तेस्रो पटक पुग्दा नेपालले आफ्नो स्तर उकासेको प्रमाणित गरेको छ । आईसीसीका अनुसार, २०२६ को विश्वकपमा कुल २० टिमहरू सहभागी हुनेछन्, जसमध्ये एसोसिएट राष्ट्रहरूबाट क्वालिफाई गर्नेहरूको संख्या बढ्दो छ । नेपाल जस्ता उदीयमान टिमहरूका लागि यो अवसरले अन्तर्राष्ट्रिय स्तरमा थप अनुभव र पहिचान दिनेछ ।

ओमानमा हाल सुपर सिक्सका खेलहरू चलिरहेका छन् । नेपालले सुपर सिक्समा लगातार दुई खेल जितेर चार अंक बटुलेको थियो भने समूह चरणमा विजेता रहँदै दुई अंक पाएको थियो । त्यसअनुसार नेपालको ६ अंक पुगेको छ । अब सुपर सिक्समा रहेका तीनवटा टिमहरूको मात्र ६ अंक पुग्नसक्ने समीकरण बनेको छ । शीर्ष तीन टिम विश्वकपमा पुग्ने भएकाले नेपाल र ओमानले आफ्नो स्थान पक्का गरेका हुन् ।

Leave a Reply

Your email address will not be published.