काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको महत्त्वपूर्ण खेलमा आज नेपालले घरेलु टोली ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानको अल अमेरत क्रिकेट मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् । सुपर सिक्समा नेपाल र ओमान दुवै टोलीले अहिलेसम्मका दुई/दुई खेल जितेर समान ६/६ अङ्क जोडेका छन् । उत्कृष्ट नेट रनरेटका आधारमा ओमान पहिलो स्थानमा र नेपाल दोस्रो स्थानमा छ।
दुवै टोली आगामी टी-२० विश्वकपको लागि छनोट भइसकेका छन् ।













