अर्नाले विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई १ करोड २ लाख दिने -वाइरिबल

अशोज ३०, २०८२
561179627 1270195538470157 5437049721383790507 n by Ditible

काठमाडौं । लगातार दोस्रो पटक आईसीसी टी–२० विश्वकप २०२६ मा स्थान सुरक्षित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अर्ना बियरले कुल १ करोड २ लाख रुपैयाँ प्रोत्साहन स्वरूप प्रदान गर्ने घोषणा गरेको छ।

टी–२० विश्वकप छनोटको सफलतापछि अर्नाले सामाजिक सञ्जालमार्फत उक्त रकम हस्तान्तरण गर्ने जानकारी दिएको हो।

अर्ना बियरले जारी गरेको विज्ञप्ति अनुसार, कुल रकममध्ये ५१ लाख नेपाली टोलीका खेलाडीहरूलाई प्रोत्साहनस्वरूप प्रदान गरिनेछ भने बाँकी ५१ लाख क्रिकेटको पूर्वाधार विकासका लागि नेपाल क्रिकेट संघ (क्यान)लाई उपलब्ध गराइनेछ।

अर्नाले छनोटको यात्रामा नेपाली फ्यानहरूको उत्साह र खेलाडीहरूको जोशको कदर गर्दै आफ्नो वाचा पूरा गर्ने बताएको छ । “यो क्वालिफायरको यात्रा सहज नदेखिएता पनि हाम्रा खेलाडीहरूले हाम्रो आशलाई जीवित राख्दै मैदानमा जोश र गौरव सहित डटिरहे,” विज्ञप्तिमा उल्लेख छ।

विश्वकपको यस यात्रामा अझ धेरै गौरव, हिम्मत र जितका पलहरू आऊन् भन्ने कामनासहित टिम नेपाल प्रतिको माया र प्रतिबद्धताको प्रतीकस्वरूप यो सहयोग गर्न लागिएको अर्नाले जनाएको छ। सम्पूर्ण खेलाडीहरू नेपाल प्रस्थान गरिसकेपछि एक विशेष सम्मान कार्यक्रम मार्फत टोली र क्यानलाई उक्त रकम हस्तान्तरण गरिने अर्ना बियरले स्पष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published.