काठमाडाैं । मेजर लिग सकरकाे प्लेअफको पहिलो राउन्डमा इन्टर मियामीले न्यासभिल एससीलाई ३-१ ले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।
कप्तान लियोनेल मेस्सीको दुई गोलको मद्दतमा मियामीले घरेलु मैदानमा रोमाञ्चक जित दर्ता गरेकाे हाे । खेलको १९औं मिनेटमै मेस्सीले गोल गर्दै इन्टर मियामीलाई १-० को अग्रता दिलाएका थिए। त्यसपछि दोस्रो हाफमा ६२औं मिनेटमा टाडेओ एलेन्डेले गोल थप्दै मियामीलाई २-० को सहज स्थितिमा पुर्याए।
मेस्सीले इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गरे । यद्यपि, न्यासभिलका लागि ह्यानी मुख्तारले खेलको अन्तिम मिनेटमा सान्त्वना गोल फर्काएका थिए, जसले गर्दा मियामीको जित ३-१ मा झरेको थियो।
यो जितसँगै इन्टर मियामीले ‘बेस्ट अफ थ्री’ को प्लेअफ शृङ्खलाको पहिलो खेलमा अग्रता लिएको छ।













