काठमाडौं । नेपाली क्रिकेट टोलीले आज आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाल यस सिरिजमा अमेरिकाविरुद्ध यसअघि भोगेको हारको बदला लिने र अंक तालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपालले गत साता विश्वकपमा छनोट भएर नेपाली समर्थकहरूमा उत्साह भरेको थियो, अब लिग २ मा उत्कृष्ट पुनरागमन गर्दै अघि बढेर अर्को सफलता हासिल गर्ने लक्ष्यमा छ ।













