काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अमेरिकाविरुद्ध नेपालले महत्वपूर्ण सफलता हात पारेको छ ।
दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाका लागि ओपनर स्मित पटेल र साइतेजा मुक्कामल्लको बढ्दो साझेदारी सोमपाल कामीले तोडेका हुन् । ३२.५ ओभरमा ७५ रन बनाएर खेलिरहेका पटेललाई सोमपालले रनआउट गरेका हुन् । उनले १०० बलमा ९ चौका प्रहार गरेका थिए ।
उनलाई क्रिजमा साथ दिइरहेका साइतेजाले ५२ बलमा ४१ रन बनाएर खेलिरहेका छन् । उनीहरुले ९५ रनको साझेदारी गरेका थिए ।













