काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधाबीमा सम्पन्न २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न भएको छ।
प्रतियोगिताको यो सिजन तीव्र प्रतिस्पर्धा, रणनीति र अविस्मरणीय क्षणहरूले भरिपूर्ण रहेको थियो। ६ दिनसम्म चलेको यस रोमाञ्चक सिजनपछि जम्मा ६ टोलीले प्रतिष्ठित २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपका लागि आफ्नो स्थान सुरक्षित गरेका छन्।
भर्चस.प्रो, अल्फा गेमिङ र म्याड बुल्सले आफ्नो उत्कृष्ट रैंकिङ आधारमा पीएमजिसी गन्टलेट स्टेजमा स्थान पाएका छन् भने आर्क्रेड, इनर सर्कल र गोटले आफ्नो पीएमजिसी रेटिङ पोइन्ट्सका आधारमा पीएमजिसी ग्रुप स्टेजमा स्थान सुरक्षित गरेका छन्।
नेपालबाट होरा इ–स्पोर्ट्स, फोर योनको रोयल जुत्ती र नेपेक्स इ–स्पोर्ट्सले पीएमएसएल ग्रुप स्टेजमा नेपालको राम्रो प्रतिनिधित्व गरेका थिए। असाधारण टिमवर्क र कौशल प्रदर्शन गर्दै होरा इ–स्पोर्ट्स र फोर योनको रोयल जुत्ती दुबै टोलीले अन्तिम चरणसम्मको यात्रा तय गरे, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली इ–स्पोर्ट्स समुदायको बढ्दो क्षमता र प्रभावलाई प्रदर्शन गरेको थियो। नेपाली टोलीहरू मध्ये होरा इ–स्पोर्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकी डलर ११,७५०, फोर योनको रोयल जुत्तीले अमेरिकी डलर ४७५०र नेपेक्स इ–स्पोर्ट्सले अमेरिकी डलर १७५० नगद पुरस्कार प्राप्त गरे।













