विश्वकप लिग २ः युएईले अमेरिकालाई दियो २१२ रनको लक्ष्य -वाइरिबल

कार्तिक ११, २०८२
uae 2 by Ditible

काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत संयुक्त अरब इमिरेट्सले (युएई)ले अमेरिकालाई जितका लागि २१२ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर फिल्डिङ रोजेको अमेरिकाले आफ्नो बलिङ प्रदर्शन उत्कृष्ट राख्यो। युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २११ रन जोड्यो। युएईका लागि ब्याटिङमा हर्षित कौशिकले टोलीलाई सम्हाल्दै ५३ रन बनाए। उनी नै युएईका लागि सर्वाधिक रन बनाउने खेलाडी बने।

साथै कप्तान राहुल चोपराले ३६ रन र मुहम्मद शहदाद ३४ रन जाेडे ।

युएईले अमेरिकाको कसिलो बलिङका कारण अपेक्षित गतिमा रन बनाउन सकेन। अनुभवी बलर सौरभ नेत्राभल्करले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा मात्र २८ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए। जयदीप सिंह र शुभम रञ्जानेले पनि समान २-२ विकेट लिएर युएईको इनिङ्सलाई ठूलो स्कोरतर्फ जानबाट रोके।

Leave a Reply

Your email address will not be published.