स्वीमिङ च्याम्पिनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई -वाइरिबल

कार्तिक १६, २०८२
nepaljung paudi pratiyogita by Ditible

नेपालगन्ज। नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीपको उपाधि ललितपुरको सगरमाथा स्वीमिङ क्लबले जितेको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेले आयोजना गरेको प्रतियोगितामा सगरमाथा क्लबले २७२ अङ्क ल्याएर उपाधि जितेको हो ।

क्लबका लागि अरेक कर्माचार्य एक्लैले सात स्वर्ण र रिजा अवालेले पाँच स्वर्ण जितेका थिए । कर्माचार्य प्रतियोगिताको पुरुषतर्फ उत्कृष्ट र अवाले महिलातर्फको उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । दुवैले जनही रु पाँच हजार पुरस्कार पाए । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, नेपाल पौडी सङ्घका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र बाँकेका प्रहरी प्रमुख अङ्गुर जिसीले ट्रफी हस्तान्तरण गरे ।

प्रतियोेगिताका प्राविधिक प्रमुख विष्णु खड्का क्षेत्रीका अनुसार ५६ वटा पौडी इभेन्टमा १३५ अङ्क ल्याएर ललितपुरकै जेम्स स्कुल दोस्रो भयो । बाँकेको कोहलपुरको शिखा एकेडेमी ५२ अङ्कसहित तेस्रो भयो ।

त्यसैगरी लिटिल एञ्जेल्स स्कुल, ललितपुरले ४६, आदर्श माध्यमिक विद्यालय नेपालगन्जले ३५, कोशी प्रदेशले २०, काठमाडौँको युनिग्लोब स्कुलले ११, स्प्रिङडेल स्कुल नेपालगन्जले १०, राई स्कुल काठमाडौँले नौ, नेपालगन्ज स्वीमिङ क्लब बाँकेले आठ र बागेश्वरी एकेडेमी कोहलपुरले चार अङ्क ल्याएको क्षेत्रीले बताए । प्रतियोगितामा देशभरबाट १५० खेलाडी सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published.