काठमाडाैं । स्पेनिस ला लिगामा रियल बेटिसले सानदार प्रदर्शन गर्दै मलाेर्कालाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जीतसँगै बेटिसले लिग तालिकामा आफ्नो स्थान थप बलियो बनाएको छ।
खेलको सुरुदेखि नै रियल बेटिसले मलाेर्कामाथि दबाब बनाएको थियो। रियल बेटिसका लागि युवा फरवार्ड एन्टोनीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरे। उनले खेलको १०औं र ३४औं मिनेटमा गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए।
पहिलो हाफ सकिनुअघि ३७औं मिनेटमा अब्दे एज्जाजुलीले अर्को गोल थपेपछि रियल बेटिस ३-० ले विजयी बन्याे ।













