मिस्टिक माउन्टेन टेनिस आजदेखि हुँदै -वाइरिबल

कार्तिक १८, २०८२
Photo 1 2 by Ditible

काठमाडौं । होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता आजबाट हुँदै छ ।

सोमबार सबै तयारी पूरा भएको प्रतियोगिता मंगलबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुँदैछ । प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज/गर्ल्स सिंगल्स तथा ब्वाइज/गर्ल्स डबल्समा खेल हुनेछ । खुलामा पुरुष/महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १ सय ३६ पुरुष र ८३ महिला खेलाडी सहभागी हुने छन् ।

दोश्रो संस्करणमा खुला स्पर्धा थपिएको हो । उमेरसमूहको सबै स्पर्धा पहिलो संस्करणमा पनि थियो । नेपाल टेनिस संघको सहयोग तथा जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को संयोजनमा हुन लागेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ७८ हजार रुपैयाँ रहेको छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।

पहिलो संस्करणको पुरस्कार राशीमा दोब्बर भन्दा बढीले बृद्धि गरिएको हो । पहिलो संस्करणको कुल पुरस्कार राशी १ लाख ११ हजार रुपैयाँ रहेको थियो । प्रतियोगिता कात्तिक २२ गते सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published.