मोरङको सुन्दरहरैंचामा जङ्गली हात्तीको बच्चा मृत फेला

जेष्ठ ३०, २०८१
Wild Elephant Baby
फोटो: Onlinekhabar

मोरङको सुन्दरहरैंचा-६ मा आज बिहान जङ्गली हात्तीको बच्चा मृत फेलाएको छ। स्थानीय दुर्गा मन्दिर टोल नजिकै भक्तराज लिम्बुको बारीमा रहेको केराको बगानमा ५-६ वर्षको जस्तो देखिने भाले बच्चा मृत फेला परेको हो।

लाटीझोडा उपवन डिभिजन कार्यालयका प्रमुख अधिकृत अमृत विलाश पन्तले हात्तीको बच्चा बगानमा कसरी पुग्यो र मरेको भन्ने कुरा अहिलेसम्म यकिन हुन सकेको छैन। उनले बच्चाको घाँटीमा सामान्य चोट देखिएको बताउनुभयो तर अन्य कुनै चोटपटक नदेखिएको जानकारी दिनुभयो।

घटनास्थलको अनुसन्धान गर्न कोशी टप्पु वन्यजन्तु आरक्षबाट टोली घटनास्थलतर्फ जाँदैछ।

Leave a Reply

Your email address will not be published.