साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को समूह चरणको पहिलो खेलमा क्यानडालाई २-० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो। खेलको ४९ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
त्यसपछि ७६ औं मिनेटमा लाउटारो मार्टिनेजले अल्भारेजको स्थान लिएका थिए। मार्टिनेजले खेलको ८८ औं मिनेटमा लिओनल मेसीको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।
यस जितसँगै अर्जेन्टिनाले समूह ‘ए’ मा ३ अंक जोडेको छ। अर्जेन्टिनाले अब बुधबार चिलीसँग खेल्नेछ।