गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना, बाढी पहिरोको जोखिम

असार ७, २०८१
Weather gandaki

मौसम पूर्वानुमान महाशाखाले आज गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ, गण्डकी प्रदेशको राजधानी पोखरासहित प्रदेशका केही स्थानमा आज भारी वर्षा हुन सक्नेछ।

भारी वर्षाका कारण बाढी, पहिरो र गेग्रान बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा छ । लुम्बिनी प्रदेशका पूर्वी भागसम्म मनसुनी प्रणालीले प्रभाव पारेको छ भने बाँकी भेगमा भने स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाले देशभरका नागरिकलाई बाढी, पहिरो जस्ता सम्भावित प्राकृतिक प्रकोपबाट सतर्क रहन र सुरक्षा अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published.