इङल्याण्ड, डेनमार्क र स्लोभेनिया युरोकपको अन्तिम १६ मा

असार १२, २०८१
Euro 2024 Nepal

युरोकप फुटबलमा जर्मनीमा जारी खेलमा समूह ‘सी’बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया अन्तिम १६ मा पुगेका छन्।

आज बिहान सकिएको खेलमा इङल्याण्ड र स्लोभेनिया गोलरहित बराबरीमा रोकिएका थिए भने डेनमार्क र सर्बिया पनि गोलरहित बराबरीमै खेल टुङ्गिएको थियो।

यस बराबरीपछि इङल्याण्ड ३ खेलमा ५ अङ्क जोडेर समूह ‘सी’ मा शीर्ष स्थानमा रहँदै नकआउट (अन्तिम १६) चरणमा पुगेको छ।

त्यस्तै समूहमा डेनमार्क र स्लोभेनियाको समान ३-३ अङ्क छ। दुई देशबीच गोल अन्तर पनि बराबर रहेको छ। तर अन्तिम खेलमा भएको हेड टु हेडको आधारमा डेनमार्क दोस्रो स्थानमा रहेर नकआउटमा छनौट भएको छ।

त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहे पनि नकआउट चरणमा पुगेको छ। ६ वटा समूहबाट तेस्रो स्थान हुने ४ देशमध्ये उत्कृष्ट प्रदर्शन गर्ने देशहरू नकआउट चरणमा पुग्ने नियम रहेको छ। यसै क्रममा सर्बिया ३ खेलमा २ अङ्क जोडेर समूह ‘सी’बाट बाहिरिएको छ।

Leave a Reply

Your email address will not be published.