काठमाडौं उपप्रमुखद्वारा पोर्चुगल भ्रमण रद्द

असार १४, २०८१
Sunita Dangol

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले १५ असारमा निर्धारित गरिएको पोर्चुगल भ्रमण रद्द गरेकी छन्।

हाल नगर सभामा नीति तथा कार्यक्रमको विषयमा विवाद चलिरहेको छ। यस्तो विवादको बीचमा पोर्चुगल जाँदा उपप्रमुखका कारण बैठक बस्न नसकेको भ्रम फैलन सक्ने भन्दै उनले आफ्नो भ्रमण स्थगित गरेकी हुन्।

“एकातिर महानगर प्रमुख नै राजनीतिक दलहरूलाई लक्षित गरेर आक्रामक रूपमा प्रस्तुत भइरहेका छन्, अर्कोतिर उपप्रमुख पनि विदेश जाँदा दलबाट निर्वाचित हुनेहरूले असहयोग गरिरहेको भन्ने भ्रम बाहिर आउन सक्ने भन्दै उहाँले भ्रमण रोक्नु भएको हो,” उनी निकट स्रोतले बताए।

आज नीति कार्यक्रममाथि छलफल भएर पारित हुने अपेक्षाका साथ डंगोलको भ्रमण तय गरिएको थियो।

Leave a Reply

Your email address will not be published.