बारामा एसईई परीक्षामा चिट चोराउने दुई निरीक्षक पक्राउ

चैत्र ८, २०८१
बारामा एसईई

बारामा एसईई परीक्षामा चिट चोराउने दुई जना निरीक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा कलैयास्थित पन्नादेवी कन्या मावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रूपमा कार्यरत सौरभ छन्।

उनीहरू ‘साथी’ नामक ह्वाट्सएप ग्रुपमार्फत परीक्षार्थीलाई चिट चोराइरहेको अवस्थामा रंगेहात पक्राउ परेका हुन्। रञ्जु र सौरभले आफ्ना गल्ती स्वीकार गरेका छन्, र उनीहरूलाई हिरासतमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार, ‘साथी’ नामक ह्वाट्सएप ग्रुपमा निरीक्षकले प्रश्नपत्रको फोटो खिचेर राखेर उत्तर प्राप्त भएपछि परीक्षार्थीलाई मोबाइलमा सार्न दिने गरेका थिए। आज ह्वाट्सएपमा उत्तर आएको थाहा पाएपछि, परीक्षार्थीसम्म पुग्न नपाउँदै उनीहरूलाई मोबाइलसहित नियन्त्रणमा लिइएको अधिकारीले बताए।

साथै, ह्वाट्सएप ग्रुपमा प्राप्त हुने उत्तरलाई रञ्जु कुमारीले आफ्नो छोरीलाई परीक्षामा सहयोग पुर्याउन प्रयोग गर्दै थिइन्।

Leave a Reply

Your email address will not be published.