आजको मौसम अपडेट: केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ।
चैत्र १०, २०८१
Today's Weather in Nepal

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानहरूमा मौसम मुख्यतया सफा छ।

दिउँसोको पूर्वानुमान:

  • कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।
  • अन्य प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
  • कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
  • कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ।

रातिको पूर्वानुमान:

  • कोशी प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
  • कोशी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्छ।
  • कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र चट्याङ्ग तथा उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published.