बर्दियामा गैंडा गणना अनिश्चितकालका लागि स्थगित

अघिल्लो गणनामा बर्दियामा २६ वटा गैंडा पाइएका थिए।
चैत्र १०, २०८१
Rhino Census in Bardiya

हरेक तीन वर्षमा हुने गैंडा गणना आर्थिक अभावका कारण बर्दियामा अनिश्चितकालका लागि स्थगित गरिएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जले यस वर्ष चैतमा हुने भनिएको गैंडा गणना आर्थिक स्रोत अभावका कारण रोकिएको जनाएको छ। अघिल्ला वर्षहरूमा विदेशी दाताको सहयोगमा गणना हुँदै आएको थियो, तर यस वर्ष सहायता रोकिएपछि गणनामा असर परेको हो।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार यस वर्षको गैंडा गणनाको प्रभाव केवल बर्दियामा मात्र नभई राष्ट्रिय स्तरमै परेको छ। करिब चार महिना अघि निकुञ्जले गैंडाको संख्या र अवस्था बुझ्न अनुगमन गरेको थियो।

अघिल्लो गणनामा बर्दियामा २६ वटा गैंडा पाइएका थिए। उक्त गणनाका लागि निकुञ्जका कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोलीसहित १० वटा हात्ती परिचालित गरिएको थियो।

दर्जनभन्दा बढी गैंडा भारतीय सीमावर्ती कतरनियाघाट वन्यजन्तु अभयारण्यमा पुगेको अनुमान गरिएको छ। सन् २०२२ मा भएको गणनामा बर्दियामा ३८ वटा गैंडा फेला परेका थिए। बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गेरुवा नदीमा पानी सुकेका कारण केही गैंडा पानी खोज्दै भारत पुगेको आशंका गरिएको छ।

Leave a Reply

Your email address will not be published.