इटहरीको प्रमुख चोकस्थित सेन्टर प्लाजामा आगलागी भएको छ। दस तले भवनको पाँचौं र छैटौं तलामा आज बिहान करिब ९:३० बजेदेखि आगो लाग्न सुरू भएको हो।
सो तलामा क्युएफएक्स सिनेमा हल र एक होटल सञ्चालनमा रहेको छ। आगो निभाउने प्रयासमा इटहरी, दुहबी, रामधुनी, सुन्दरहरैचा लगायतका स्थानीय तहबाट आएका आधा दर्जन दमकल, नेपाली सेना र प्रहरी खटिएका छन्।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आगलागीको कारण भने अझै स्पष्ट भइसकेको छैन।