तीनकुने क्षेत्रको अवस्था तनावपूर्ण बनेपछि प्रहरीले हवाई फायर गरेको छ

चैत्र १५, २०८१
तीनकुने क्षेत्र

प्रदर्शनकारीहरूले घरमा लागेको आगो निभाउन गइरहेको दमकललाई ढुंगा प्रहार गरेपछि प्रहरीले शुरुमै अश्रुग्याँसको गोला प्रहार गरेको थियो। त्यसपछि, तनाव बढेपछि हवाई फायर गरिएको हो। आगो निभाउन नसकेर दमकल फिर्ता जानु परेको छ।

आज काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरूले गणतन्त्र खारेज र राजसंस्था पुनर्स्थापनाका लागि सभा आयोजना गरेका थिए। तर, प्रहरीसँगको झडप र धकेलाधकेलका कारण स्थिति तनावपूर्ण बनेको थियो।

त्यसपछि, प्रहरीले अश्रुग्याँस प्रहार गरेर भीडलाई तितरवितर पारेको थियो। केही समयपछि एक घरमा तोडफोड र आगजनी भएपछि स्थिति अझै तनावपूर्ण बन्यो।

Leave a Reply

Your email address will not be published.