तीनकुनेको एक भवनमा आगो लागेर एक जना पत्रकारको मृत्यु भएको छ। सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो।
आगो तीनकुनेमा राजावादी प्रदर्शनकारिहरूसँगको झडपको कारण लागेको थियो। घटना पछि रजक सम्पर्कविहीन भएका थिए।
एभिन्यूज टेलिभिजनका सम्पादक शिव दाहालले भने, “रिपोर्टिङका लागि गएको साथी सम्पर्कविहीन छन्। अस्पतालमा पनि उहाँको बारेमा कुनै जानकारी छैन।”