हुम्लाको सर्केगाड गाउँपालिका-४ मा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
सर्केगाड गाउँपालिका-४, दुल्ली गाउँकी करिब ७२ वर्षीया पानकला थापाको निधन भएको इलाका प्रहरी चौकी सर्केगाडले पुष्टि गरेको छ।
प्रहरीका अनुसार सोमबार दिउँसो सदरमुकाम सिमकोटतर्फ जाँदै गरेको भे१ ख ३७६४ नम्बरको ट्रकले ठक्कर दिँदा उनको ज्यान गएको हो।
घटनापछि आक्रोशित स्थानीयले सडक अवरुद्ध पारेर विरोध जनाएका छन्।