दुर्गा प्रसाईँको गाडी मोरङको गौशालामा फेला

चैत्र २२, २०८१
Durga Prasai

राजाबादी आन्दोलनका क्रममा फरार भएका दुर्गा प्रसाईँले काठमाडौँबाट भाग्न प्रयोग गरेको गाडी प्रहरीले मोरङको सुन्दरहरैँचा स्थित गौशालाबाट फेला पारेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजेन्द्र पौडेलका अनुसार उक्त गाडी लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको हो । केन्द्रीय प्रहरी टोलीले गाडी फेला परेपछि काठमाडौँ लगेको बताइएको छ ।

प्रसाईँ केही समयदेखि राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका थिए । पछिल्लो पटक राजसंस्थाको पुनःस्थापनाको मागसहित भएको आन्दोलनका क्रममा उनी फरार भएका थिए भने प्रहरीले उनको खोजीलाई तीव्रता दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.