७ असार, काठमाडौं । नेकपा एमालेले आगामी भदौमा हुने विधान अधिवेशनका लागि सुझाव संकलन सुरु भएको जनाएको छ । मंगलबार राति सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णयहरू आजैदेखि तल्ला कमिटीहरूमा पठाएर सुझाव संकलन गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ‘आजदेखि हामी यो प्रस्ताव र आएका सुझावलाई प्रदेश र मातहत कमिटीमा छलफलका लागि…
