७ असार, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो कारण अवरुद्ध अरनिको राजमार्ग खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्की अनुसार पहिरो पन्छाएर राजमार्ग पूर्ण रुपमा सञ्चालन गरिएको हो । बिहान ५ बजेतिर खसेको पहिरोले कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा सडक अवरुद्ध भएको थियो ।
